हाम्राे बारे

नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) को स्थापना सन् १९७९ (वि.सं. २०३६) मा देशव्यापी शिक्षक आन्दोलनको क्रममा भएको हो । यो नेपाली शिक्षकहरूको पहिलो र एक सशक्त पेशागत संगठन हो । यो ‘Education International’ (EI) को संस्थापक सदस्य र ‘WCOTP’ को पुरानो सदस्य पनि हो । देशभरीका ७० हजार साधारण सदस्य र ५ हजार आजीवन सदस्यहरू छन् ।

मुलुक परिवर्तनको वाहकको रुपमा रहेका हामी शिक्षकहरुको गौरवमय सङ्गठन  नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सम्पूर्ण  शिक्षकहरुको साझा केन्द्र र आस्थाको ढुकढुकीका रुपमा रहेको तथ्य सङ्गठनको इतिहासले साक्षात्कार गराउँदछ । विगतको ओझपूर्ण इतिहासलाई बोक्दै सङ्गठनको आदर्श वाक्य “गौरबशाली विगत चुनौतीपूर्ण वर्तमान लगानी बृद्धि गरी सार्वजनिक शिक्षाको  उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त सङ्गठन ।” भन्ने मूल नारालाई मूर्तरुप दिन सङ्गठनमा आबद्ध हामी सबै अझ क्रियाशील हुुन अत्यावश्यक देखिन्छ । मुलुकमा रहेका शैक्षिक संस्थाहरुको विकास तथा समय सापेक्ष शैक्षिक  गुणस्तरमा अभिवृद्धि गर्न, विगतमा सङ्गठनले प्राप्त गरेको उपलब्धिको संरक्षण तथा सम्बर्धन गर्दै शैक्षिक आन्दोलनबाट सहमति भएका बुँदाहरु कार्यान्वयनका लागि सरकारलाई खबरदारी गर्न र आबश्यकता अनुसार आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनु हामी सवैको प्रमुख कार्यभार हो ।

हंसबहादुर शाही 
 अध्यक्ष‚ राष्ट्रिय समिति
गतिबिधि

NNTA Official Facebook Group मा जोडिन सबै सदस्यहरुलाई अनुरोध

शिक्षकका हकहित, पेशागत विकास, शैक्षिक गुणस्तर तथा सार्वजनिक शिक्षाको सुदृढीकरणका विषयमा सूचना, विचार, अनुभव र उपयोगी सामग्री आदान–प्रदान गर्न हाम्रो फेसबुक समूहमा जोडिनुहोस्। 📚 शिक्षकको ट्रेड युनियन अधिकार सुरक्षित गर्न आवाज सशक्त बनाऔँ🤝 आपसी सहकार्य र एकता बढाऔँ💡 शिक्षा क्षेत्रका

Read More »

२४ औं राष्ट्रिय परिषद् बैठक सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) को २४ औं राष्ट्रिय परिषद् बैठक २०८३ साउन १६ र १७ गते ललितपुरको जावलाखेलस्थित लब्ली बैंक्वेटमा सम्पन्न भएको छ  । संगठनका अध्यक्ष हंसबहादुर शाहीको अध्यक्षतामा आयोजित यस दुई दिने परिषद् बैठक मुख्य गरी “नेपाली शिक्षक

Read More »

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २४औँ राष्ट्रिय परिषद् सुरु

शिक्षकहरूको सबैभन्दा ठूलो पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको २४औँ राष्ट्रिय परिषद् आजदेखि ललितपूरमा सुरु भएको छ  ।  राष्ट्रिय समिति अध्यक्ष हंसबहादुर शाहीको अध्यक्षता र श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त दश वटा

Read More »

नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् बैठक काठमाडौंमा हुने

नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् बैठक २०८३ साल साउन १६ र १७ गते काठमाडौंमा आयोजना गरिएको छ । परिषद् बैठकमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहनेछ । परिषदमा नेपालको सार्वजनिक शिक्षाको वर्तमान अवस्था, शिक्षामा लगानी वृद्धि, गुणस्तरीय शिक्षाको सुनिश्चितता, राष्ट्रिय

Read More »

राष्ट्रिय समितिको चौथो पुर्ण बैठक श्रावण १४ र १५ काठमाडौंमा

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको चौथो पुर्ण बैठक लब्ली ब्यैङ्केट, ललितपुरमा सम्पन्न हुँदैछ । श्रावण १६ र १७ गते हुने राष्ट्रिय परिषद्को बैकको तयारीका लागि उक्त बैठक आयोजना गरिएको हो । बैठकले राष्ट्रिय परिषदमा पेश गरिने कार्यपत्रबारे छलफल गरी

Read More »

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंसबहादुर शाहीको तर्फबाट जारी वक्तव्य

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंसबहादुर शाहीको तर्फबाट जारी वक्तव्य नेपाल राष्ट्रिय शिक्षक स‌ङ्गठनको ४७औं शिक्षक दिवस तथा नव वर्ष २०८३ को पावन अवसरमा, यस ऐतिहासिक कार्यक्रममा उपस्थित संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, आदरणीय शिक्षक साथीहरू, पत्रकार मित्रहरू तथा सम्पूर्ण महानुभावहरूमा

Read More »
आगामी कार्यक्रम
Video
मिडिया गतिबिधि

सम्पर्क ठेगानाः

कुमारीपाटी‚ ललितपूर 

फोनः ०१–५४२७५८१‚ ०१–५४५०१४२

Email: nnta2036@gmail.com

नोटिसवोर्डको सूचना न‌ं.: १६१८०१५५२७५८१

Scroll to Top