हाम्राे बारे

नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) को स्थापना सन् १९७९ (वि.सं. २०३६) मा देशव्यापी शिक्षक आन्दोलनको क्रममा भएको हो । यो नेपाली शिक्षकहरूको पहिलो र एक सशक्त पेशागत संगठन हो । यो ‘Education International’ (EI) को संस्थापक सदस्य र ‘WCOTP’ को पुरानो सदस्य पनि हो । देशभरीका ७० हजार साधारण सदस्य र ५ हजार आजीवन सदस्यहरू छन् ।

मुलुक परिवर्तनको वाहकको रुपमा रहेका हामी शिक्षकहरुको गौरवमय सङ्गठन  नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सम्पूर्ण  शिक्षकहरुको साझा केन्द्र र आस्थाको ढुकढुकीका रुपमा रहेको तथ्य सङ्गठनको इतिहासले साक्षात्कार गराउँदछ । विगतको ओझपूर्ण इतिहासलाई बोक्दै सङ्गठनको आदर्श वाक्य “गौरबशाली विगत चुनौतीपूर्ण वर्तमान लगानी बृद्धि गरी सार्वजनिक शिक्षाको  उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त सङ्गठन ।” भन्ने मूल नारालाई मूर्तरुप दिन सङ्गठनमा आबद्ध हामी सबै अझ क्रियाशील हुुन अत्यावश्यक देखिन्छ । मुलुकमा रहेका शैक्षिक संस्थाहरुको विकास तथा समय सापेक्ष शैक्षिक  गुणस्तरमा अभिवृद्धि गर्न, विगतमा सङ्गठनले प्राप्त गरेको उपलब्धिको संरक्षण तथा सम्बर्धन गर्दै शैक्षिक आन्दोलनबाट सहमति भएका बुँदाहरु कार्यान्वयनका लागि सरकारलाई खबरदारी गर्न र आबश्यकता अनुसार आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनु हामी सवैको प्रमुख कार्यभार हो ।

हंसबहादुर शाही 
 अध्यक्ष‚ राष्ट्रिय समिति
गतिबिधि
आगामी कार्यक्रम
Video
मिडिया गतिबिधि

सम्पर्क ठेगानाः

कुमारीपाटी‚ ललितपूर 

फोनः ०१–५४२७५८१‚ ०१–५४५०१४२

Email: nnta2036@gmail.com

नोटिसवोर्डको सूचना न‌ं.: १६१८०१५५२७५८१

Scroll to Top