नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) को स्थापना सन् १९७९ (वि.सं. २०३६) मा देशव्यापी शिक्षक आन्दोलनको क्रममा भएको हो । यो नेपाली शिक्षकहरूको पहिलो र एक सशक्त पेशागत संगठन हो । यो ‘Education International’ (EI) को संस्थापक सदस्य र ‘WCOTP’ को पुरानो सदस्य पनि हो । देशभरीका ७० हजार साधारण सदस्य र ५ हजार आजीवन सदस्यहरू छन् ।
मुलुक परिवर्तनको वाहकको रुपमा रहेका हामी शिक्षकहरुको गौरवमय सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सम्पूर्ण शिक्षकहरुको साझा केन्द्र र आस्थाको ढुकढुकीका रुपमा रहेको तथ्य सङ्गठनको इतिहासले साक्षात्कार गराउँदछ । विगतको ओझपूर्ण इतिहासलाई बोक्दै सङ्गठनको आदर्श वाक्य “गौरबशाली विगत चुनौतीपूर्ण वर्तमान लगानी बृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त सङ्गठन ।” भन्ने मूल नारालाई मूर्तरुप दिन सङ्गठनमा आबद्ध हामी सबै अझ क्रियाशील हुुन अत्यावश्यक देखिन्छ । मुलुकमा रहेका शैक्षिक संस्थाहरुको विकास तथा समय सापेक्ष शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न, विगतमा सङ्गठनले प्राप्त गरेको उपलब्धिको संरक्षण तथा सम्बर्धन गर्दै शैक्षिक आन्दोलनबाट सहमति भएका बुँदाहरु कार्यान्वयनका लागि सरकारलाई खबरदारी गर्न र आबश्यकता अनुसार आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु हामी सवैको प्रमुख कार्यभार हो ।
हंसबहादुर शाही
अध्यक्ष‚ राष्ट्रिय समिति

समितिको गम्भीर ध्यान आकर्षित
रास्वपाले ट्रेड युनियन खारेजी गर्ने बचापत्रमा समावेश गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आपत्ति जनाएको छ । संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको भन्दै आपत्ति जनाएको

निर्वाचनमा हार–जित हुन्छ
“हार–जित लोकतन्त्रको सौन्दर्य हो।” तर निश्चित घटनाक्रमपछि निर्वाचनको परिणाम फरक रहन्छ, रहिआएको छ—२००७, २०१५, २०३६, २०४६, २०६४ सालमा इतिहासले देखाएको सत्य। यो २०८२ चुनाव जे जसरी भए पनि परिणाम स्वाभाविक नै हो। लोकतन्त्रको यात्रा निरन्तर बदलिँदै जाने छ। आतिनेर थला

११६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको महिला विभागद्वारा ११६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च अन्लाइन द्वारा सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसरका लागि आफु भित्र भएका प्रतिभालाई बुलन्द गर्दै महिला विभाग प्रमुख तथा उपाध्यक्ष

२४ औं राष्ट्रिय परिषद् बैठक सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) को २४ औं राष्ट्रिय परिषद्
सम्पर्क ठेगानाः
कुमारीपाटी‚ ललितपूर
फोनः ०१–५४२७५८१‚ ०१–५४५०१४२
Email: nnta2036@gmail.com
नोटिसवोर्डको सूचना नं.: १६१८०१५५२७५८१
