नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् बैठक काठमाडौंमा हुने

नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् बैठक २०८३ साल साउन १६ र १७ गते काठमाडौंमा आयोजना गरिएको छ । परिषद् बैठकमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहनेछ । परिषदमा नेपालको सार्वजनिक शिक्षाको वर्तमान अवस्था, शिक्षामा लगानी वृद्धि, गुणस्तरीय शिक्षाको सुनिश्चितता, राष्ट्रिय शिक्षा ऐन जारी गरी प्रभावकारी कार्यान्वयन गराउन तथा संगठन सुदृढीकरणका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यापक छलफल हुनेछ ।

सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम, शिक्षकको पेशागत हकहित र ट्रेड युनियन अधिकारको संरक्षण, शिक्षा क्षेत्रमा देखिएका समसामयिक चुनौतीहरूको समाधान तथा आगामी कार्यदिशा तय गर्ने विषयहरू प्रमुख एजेन्डाका रूपमा रहनेछन् । त्यसैगरी संगठनलाई अझ प्रभावकारी, गतिशील र सबल बनाउने रणनीतिमाथि पनि परिषद्ले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

देशभरका शिक्षक प्रतिनिधि, संगठनका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरूको सहभागितामा हुने परिषद् बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा साझा धारणा निर्माण गर्दै सरकारसमक्ष नीतिगत सुझाव प्रस्तुत गरिनेछ ।

“शिक्षक एकता जिन्दावाद! सशक्त संगठन, सबल अभिव्यक्ति!!” भन्ने उद्घोषका साथ आयोजना हुन लागेको परिषद् बैठकलाई सफल बनाउन सम्पूर्ण सदस्य, शिक्षक समुदाय तथा सरोकारवालाहरूलाई सक्रिय सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top