रास्वपाले ट्रेड युनियन खारेजी गर्ने बचापत्रमा समावेश गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन आपत्ति जनाएको छ । संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा आबद्ध हुने तथा सामूहिक सौदाबाजी गर्ने मौलिक अधिकार प्रदान गरेको भन्दै आपत्ति जनाएको हो ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ “२०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनका सन्दर्भमा २०८२ फागुन ७ गते रास्वपाले सार्वजनिक गरेको चुनावी बाचापत्र (घोषणा–पत्र)मा ट्रेड युनियन खारेजी गर्ने गरी समावेश गरिएको बचापत्रप्रती नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, राष्ट्रिय समितिको गम्भीर ध्यान आकर्षित भएको छ ।”
ट्रेड युनियनहरू स्वतन्त्र, पेसागत र गैर–दलीय प्रकृतिका संस्थाहरू रहेको र तिनीहरूको उद्देश्य श्रमिक तथा पेसाकर्मीहरूको हक–हित संरक्षण गर्नु रहेको सङ्गठनको भनाई छ ।
